प्रधानमन्त्री कपका लागि पहिलो चरणमा कास्कीबाट ४८ खेलाडी छनौट

पाेखरा | पुस ८, २०८०

प्रधानमन्त्री कपका लागि पहिलो चरणमा कास्कीबाट ४८ खेलाडी छनौट

पोखरा:  प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कास्की जिल्ला क्रिकेट संघले पहिलो चरणमा विभिन्न क्लबबाट ४८ खेलाडी छनौट गरेको छ ।

 

दुई दिने छनोट कार्यक्रममा करिब ८० खेलाडी सहभागि थिए ।

 

अहिले छनौट भएका ४८ जनालाई ४ टिममा विभाजन गरिएको कोषाध्यक्ष विरेन्द्र पुनले जानकारी दिए । उनका अनुसार टिम रुपा, बेगनास, दिपाङ र फेवा टिम निर्माण गरिएको छ ।

 

टिम रुपाको क्याप्टेनमा मुस्कान थापा, कोचमा चन्द्र गुरुङ्ग तथा म्यानेजरमा रमेश यादव रहेका छन् । बेगनासको क्याप्टेनमा कृष्ण पौडेल, कोचमा विजय रावत तथा म्यानेजरमा अरुण पौडेल रहेका छन् ।

 

दिपाङको क्याप्टेनमा विधान श्रेष्ठ, कोचमा रिजन प्रजु तथा म्यानेजरमा पूर्ण न्यौपाने रहेका छन् । त्यस्तै, टिम फेवाको क्याप्टेनमा अभिषेक थापा, कोचमा ऋषिकेस शर्मा पौडेल तथा म्यानेजरमा कमल थापा रहेका छन् ।

 

ऋषिकेस शर्मा पौडेल र कमल थापाले टिम विभाजन गरेका थिए ।

 

पुष १० देखि जिल्ला छनौंट खेल शुरु हुने कास्की जिल्ला क्रिकेट संघले जनाएको छ ।


 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्